वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर गर्नुपर्छ : गगन थापा काठमाडौं, २ साउन। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन्। हरेक दुई÷दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्