कांग्रेसले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने काठमाडौं, ०२ साउन। नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ। पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सो अभियान चलाउन प्रस्ताव गरेका हुन्। उनले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्