प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने काठमाडौं, ०३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन्। लामो समयको प्रतीक्षा पछि बूढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो। उक्त उद्घाटनमा आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्