अनामनगरको भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर काठमाडौं, ०३ साउन। काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो । सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको छ । यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्