सुन तस्करी प्रकरणमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी
काठमाडौं, ०४ साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ। प्रारम्भिक चरणमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागले जनाएकाके छ। विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्