यी हुन् सुन बरामद प्रकरणमा पक्राउ पर्नेहरु काठमाडौं,०४साउन।राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुन दोलखा मेलुङ घर भई काठमाडौं स्वयम्भू बस्ने ५३वर्षीय रामकुमार भुजेल, मेलुङ घर भई काठमाडौं साँखु बस्ने २१वर्षका दीलिप भुजेल,भोजपुर घर भई बूढानीलकण्ठ बस्ने ४९वर्षीय हर्कराज राई र भारत घर काठमाडौं बस्ने ५३वर्षका थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ। अन्य २जनाको नाम खुलेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्