सुन तस्करी हुँदा ड्युटीमा रहेका २ कर्मचारीलाई भन्सार विभागले गर्यो निलम्बन
काठमाडौं, ०४ साउन। भन्सार विभागले सुन तस्कारीमा संलग्न भएको आरोपमा दुई जना कर्मचारीलाई निलम्बन गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र नायब सुब्बा ढकाललाई विभागले निलम्बन गरेको हो। सुन भेटिएको सामान जाँचपास गदाए उनीहरु डिउटीमा भएको कारण थप छानविनमा असर नपुगोस् भन्नको लागि निलम्बन गरिएको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्