चितवनमा दुई हजार भन्दा बढी मानिस डेङ्गुबाट संक्रमित काठमाडौं, ०४ साउन। चितवनमा डेङुगुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। डेङ्गुको कारण आर्थिक वर्ष २०७९–८०मा चार जनाको मृत्यु भएको थियो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। भरतपुर महानगरपालिकामा सबैभन्दा बढी एक हजार छ सय ४६ जना संक्रमित थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्