विमानस्थलबाट सुन तस्करी प्रकरण : छानबिन समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने
काठमाडौं, ०४ साउन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट अवैध सुन बाहिरिएको सम्बन्धमा छानबिन गर्न गठित भन्सार विभागको समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने भएको छ। बिहीबार बिहान विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो। उक्त प्रतिवदनको आधारमा आवश्यक कारवाही अघि बढाइने छ।
प्रतिक्रिया दिनुहोस्