कानुन उल्लङ्घन गर्ने र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री
काठमाडौं,०४ साउन।गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित छलफलमा कार्यक्रममा उनले भने,‘कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिँदैन। गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो।अनुगमनलाई कसरी प्रभावकारी बनाउने, कालाबजारी र नक्कली वस्तुलाई नियन्त्रण गर्ने विषयलाई केन्द्रमा राखेर काम गर्ने छौँ।’
प्रतिक्रिया दिनुहोस्