दाङमा बसभित्र वृद्धा बलात्कृत, २ जना पक्राउ
काठमाडौं,०५साउन। दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ। बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना४ख७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५का ३०वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७का २०वर्षीय रेशम विक रहेका छन्।
प्रतिक्रिया दिनुहोस्