नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामै ८०० रुपैयाँले सस्तियो
काठमाडौं, ०५ साउन। शुक्रबार सुनको मूल्य प्रतितोला ८००रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छपावाला सुनको मूल्य प्रतितोला १लाख १२ हजार ८००रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार २५०रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यस दिन एक तोला सुनको मूल्य १लाख १३हजार ६००रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्