अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौं, ५ साउन।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन्।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गरेपछि उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता समेत जनाए।उनले भ्रष्टाचार र अपराधको अनुसन्धानमा कुनै कसर बाँकी नराखी घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्