ट्रेजरीमार्फत १२ अर्ब ६० करोड आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं,०७ साउन।सरकारले आगामी साउन ९गते १२अर्ब६० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। २८दिने र ९१दिने ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले उक्त परिणाम बराबरको आन्तरिक ऋण उठाउने भएको हो। यद्यपि, उक्त ट्रेजरी फ्रेस (नयाँ) भएर पुरानै ट्रेजरी बिलको नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ। बैंकका अनुसार २८ दिने ट्रेजरीमा ४अर्ब रुपैयाँ र ९१दिने ट्रेजरीमा ८अर्ब ६०करोड रुपैयाँ नवीकरण हुनेछ।
प्रतिक्रिया दिनुहोस्