स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला काठमाडौं, ०७ साउन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन्। उनले भने, ‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरु छन्। हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ। यसको लागि छलफल पनि गरेका छौँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्