घरजग्गा कारोबारको नीतिमा भएन कुनै परिवर्तन, पहिलो घर लिनेले २ करोडसम्म कर्जा पाउने
काठमाडौं, ०७साउन।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१को मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिएको छ। नयाँ व्यवस्थाअनुसार आवासीय घर कर्जाको सीमा २करोड रुपैयाँ पुगेको छ।यसअघि, यस्तो कर्जाको सीमा १करोड ५०लाख रुपैयाँ मात्रै थियो। यो ५०लाख रुपैयाँको वृद्धि हो। यस्तै, वित्तीय क्षेत्रको स्थायित्वलाई असर पु¥याउने गतिविधिलाई नियन्त्रण गर्न बैङ्किङ कसुर ऐन, २०६४मा समसामयिक संशोधन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्