डिजिटलि करेन्सीको काम अघि बढाइने, राजश्व संकलनमा विद्युतीय भुक्तानीको उपकरण प्रयोग गरिने
काठमाडौं, ०७ साउन।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ मा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’ (डिजिटल करेन्सी)को काम अघि बढाउने भएको छ। आइतबार मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले अध्ययन प्रतिवेदनलाई आधार मानेर डिजिटल करेन्सीको थप काम अघि बढाउने योजना बनाएको हो। यस्तै,सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्