मौद्रिक नीतिः अब विदेश जाँदा २५०० डलरसम्म सटही सुविधा पाइने
काठमाडौं, ०७ साउन। अब विदेश जाँदा २५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ। राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने बताएको छ।
प्रतिक्रिया दिनुहोस्