ललिता निवास जग्गा प्रकरणः पक्राउ पर्नेको संङ्ख्या १९ पुग्यो
काठमाडौं,७ साउन। ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ जना पुगेको छ । नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेसंगै पक्राउ पर्नेको संङ्ख्या बढेको हो। श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्