मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उछाल, ६३ अंकले बढ्यो नेप्से
काठमाडौं, ०७ साउन। नायाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उछाल आएको छ। आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढ्दा नेप्से २२२७.१६ विन्दूमा पुगेर बन्द भएको छ। यसका साथै आजको दिन १ करोड २० लाख बढी कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड रुपैयाँ बढी रकमको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्