चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु काठमाडौं,०८ साउन।चीनमा एक जिम हाउस भत्किँदा ११जनाको मृत्यु भएको छ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११जनाको मृत्यु भएको हो।सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो। छत त्यसबेला जिम हाउसमा १९जना थिए।चार जना जोगिन सफल भए पनि १५जना भग्नावशेषमा च्यापिएका थिए।तीमध्ये ११जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्