कोशी प्रदेश सरकारविरुद्ध रिटको सुनुवाइ न्यायाधीशद्वय माथेमा र श्रेष्ठको इजलासमा काठमाडौं,०८साउन।कोशी प्रदेश सरकारविरुद्ध रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२गते सर्वोच्चमा रिट निवेदन दिएका थिए। सो रिटमा असार २७गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजदेखि निरन्तर सुनुवाइको मिति तोकेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्