सुदूरपश्चिम सरकारमा सामेल हुँदै नागरिक उन्मुक्ति, रामेश्वर चौधरी मन्त्री बन्दै काठमाडौं, ८ साउन। सुदूरपश्चिम सत्ता गठबन्धनमा रहेर पनि असन्तुष्ट नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सामेल हुने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले रिक्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिबाट मन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन्। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम मुख्यमन्त्री शाहलाई पठाइसकेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्