नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री काठमाडौं, ८ साउन। अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन्। मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए। सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्स्थ्य बिमा बोर्डको बिमारकम नपाएका कारण मनपरी बोलेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्