हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान काठमाडौं, ०८ साउन। तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ। पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप १० लाख रुपैयाँ वितरण गरेको छ। गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्