बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते
काठमाडौं, ८ साउन। बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका— २ स्थित भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका उनीहरूको मृत्यु भएको हो। पहिरोले पुरेर ३ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्