कृषिमन्त्रीको राजीनामा माग्दै कालिमाटी तरकारी बजारमा किसानले गरे विरोध प्रदर्शन
काठमाडौं, ०८ साउन।कालिमाटी तरकारी बजारमा किसानहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीमनामा माग गर्दै आन्दोलन गरेका छन्।सोमबार ९ वटा किसान संगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जाल कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न,तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने,विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने,५०प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेको हो।
प्रतिक्रिया दिनुहोस्