ललितानिवास प्रकरणमा दुई जना नक्कली मोही पक्राउ काठमाडौं, ०८साउन।बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसारसञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ परेका हुन्। उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा ल्याइएको छ। उनीहरु ११२रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए। हाल यसमा संलगन १९ जना प्रहरी हिरासतमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्