पुरस्कारको व्यवस्थापछि १०० किलो सुन समातियो: अर्थमन्त्री काठमाडौं, ०८ साउन। अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन्। सोमबार बुटवलमा प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिँदा उक्त सुन समातिएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्