कोशी प्रदेश सरकारको वैधानिकता बारेको रिट निवेदन पूर्ण इजलासमा पठाइयो काठमाडौं, ०८ साउन। कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन अब सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ। सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्