सुन प्रकरणको अनुसन्धान जरैसम्म पुग्छ : गृहमन्त्री काठमाडौं, ९ साउन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म अनुसन्धान हुने बताएका छन्। मंगलबार गृहजिल्ला गोरखामा पत्रकारसँगको कुराकानीमा श्रेष्ठले समग्र रूपमा अनुसन्धान अघि बढेको बताएका हुन्। अहिलेको सत्ता समीकरण भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चलाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको समेत श्रेष्ठले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्