तोलामै ५०० रुपैयाँले महँगीयो सुनको भाउ
काठमाडौं, १० साउन। बुधबार सुनको मूल्य तोलामै ५०० रुपैयाँले महँँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार एक तोला सुनको मूल्य १ लाख १२ हजार २०० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्