कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
काठमाडौं, १० साउन। कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदन उपरको अन्तिम फैसला आजै आउन सक्ने देखिएको छ। वादीका तर्फको बहस मङ्गलवार नै सकिएको थियो। बुधवार बिहान ११ः३०देखि १ः०० बजेसम्म प्रत्यर्थी तर्फका थप कानुन व्यवसायीले बहस गर्ने र त्यसपछिको खाजा समय सकेर २ः३०बजेदेखि ३ बजेसम्म रिट निवेदक कार्कीका तर्फबाट जवाफ दिने गरी पूर्ण इजलासले समय निर्धारण गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्