बजेट कार्यान्वयबारे मुख्यसचिव सहित सचिवहरुसँग अर्थमन्त्रीको छलफल
काठमाडौं, १० साउन। अर्थमन्त्री डा.प्रकाशशरण महतले मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरिरहेका छन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा अर्थमन्त्री डा महतले बुधबार छलफल गरिरहेका हुन्। बिहान ९ बजेदेखि सुरू भएको छलफल २ बजेसम्म चल्ने कार्यतालिका छ। बजेट कार्यान्वयन कार्ययोजना बनाउने र अन्तर मन्त्रालय समन्वय कसरी बढाउने भन्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्