भारतबाट मात्रै ५१ करोड बढीको कोदो र साढे ७ करोड रुपैयाँ बढीको फर्सी आयात काठमाडौं,१० साउन।आर्थिक वर्ष २०७९/८०मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१लाख २०हजार रुपैयाँ बराबरको कोदो भारतबाट आयात छ। काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार सो अवधिमा१६ हजार ३५मेट्रिक टन कोदो आयात गरिएको छ। यसैगरि,आर्थिक वर्ष२०७९–८०मा भारतबाट ७करोड५७लाख २८हजार मूल्यको ४हजार ७ सय ३३ मेट्रिक टन फर्सी आयात गरिएको छ।कोदो र फर्सीमात्र होइन फापर,खुर्सानी,घिरौला,लौका,करेला,तरुल,भिन्डी,सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्