गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग्ने एमालेको निर्णय
काठमाडौं, १०साउन।प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ।नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो।एमाले नेता रघुजी पन्तले कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्