वीरगञ्ज भन्सारमा पनि लक्ष्य अनुसार उठ्न सकेन राजश्व
काठमाडौं, १०साउन।नेपालको मुख्य भन्सार विन्दु वीरगञ्जबाट गत आर्थिक वर्ष २०७९÷८०मा लक्ष्यको ६०प्रतिशत मात्र भन्सार राजस्व संकलन भएको छ। भन्सार विभागका अनुसार वर्षभरका लागि २खर्ब ६० अर्ब ९७करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो। यसमध्ये असार मसान्तसम्म १खर्ब ५७अर्ब १५करोड रुपैयाँ मात्र संकलन भएको । यसमध्ये आयातमा लाग्ने भन्सार महसुल ५६अर्ब ५करोड रुपैयाँ संकलन भएको छ।यो लक्ष्यको ५७.५८प्रतिशत मात्र हो।
प्रतिक्रिया दिनुहोस्