जनतामा भ्रम छर्ने काम धेरै भो, सुन तस्करीको उच्चस्तरीय छानबिन होस्ः पदम गिरी काठमाडौं,१०साउन।नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ।बुधबार बसेको संसद बैठकमा आकस्मिक समय लिदै एमाले प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुन सुकै कोट वा टार होस् म कारबाही गर्छु भनेर जजनतामा भ्रम छरेको आरोप लगाएका छन्। अब उच्चस्तरीय छानबिन नहुँदासम्म संसद अघि बढ्न नसक्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्