भोलिदेखि बागमती प्रदेशमा सार्वजनिक गाडीको भाडा घट्ने काठमाडौं, १० साउन।बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ। जेठ ११गते बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो। नेपाल आयल निगमले साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गर्न लागेको हो।मन्त्रालयको अनुसार बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २.३०प्रतिशत, मालबाहक सवारी साधन(ट्रक)मा ३.१प्रतिशत र सिटी बसहरुमा ३.२६ प्रतिशतले भाडा घट्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्