देशव्यापी रुपमा आन्दोलन सुरु गर्ने राष्ट्रिय किसान सञ्जालको घोषणा काठमाडौं, ११ साउन। राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन्। सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने र रोगबाट पशु क्षति भएको,पशु बीमाको रकम नपाएको,तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको,धान खेतीको बेलामा पनि मल अभाव भएको भन्दै सन्जालले आन्दोलन घोषणा गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्