अर्थमन्त्रीले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण काठमाडौं, ११ साउन। अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।निरीक्षणका लागि मन्त्री महत बिहीबार बिहान विमानस्थल पुगेका हुन्। विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन्।केही दिनअघि राजस्व अनुसन्धान विभागले विमानस्थलको भन्सारबाट पास भएको सुन बरामद भएको थियो। उक्त सुन तस्करको अनुसन्धान जारी भइरहेको बेला महतले विमानस्थलको निरीक्षण गरेका हुन्।यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्