तोलामै ८०० रुपैयाँले महँगीयो सुनको भाउ
काठमाडौं, ११ साउन। बिहीबार सुनको मूल्य तोलामै ८०० रुपैयाँले महँगीएको छ। नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मूल्य १ लाख १३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार एक तोला सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्