नेपालका इन्द्रराज भट्टराई “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट सम्मानित
काठमाडौं, ११ साउन। नेपालका इन्द्रराज भट्टराई यस बर्षको “अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार” बाट सम्मानित भएका छन्।उनलाई भारतको नयाँ दिल्लीमा एक कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले उक्त सम्मान गरेका हुन।गोरखाको पालुङटारका भट्टराईले विगत लामो समयदेखि लैङ्गिक हिंसा र मानव बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरण, सामाजिक न्याय, सकारात्मक सोच लगायतका विषयमा समुदायमा अभियान सञ्चालन आएका छन्।
प्रतिक्रिया दिनुहोस्