आईटीको जनशक्तिलाई सरकारी सेवामा ल्याउन हाइब्रिड मोडेल सोचिरहेका छौं ः मन्त्री शर्मा
काठमाडौं,११साउन।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि(आईटी)समूहलाई संघीय निजामती सेवा ऐनमा समेट्ने कोसिस भइरहेको बताएकी छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बन्दै उनले भनिन्,‘हामीले अहिले संघीय निजामती सेवा ऐनमा आईटी समूहलाई अलग समूह बनाएर अगाडि बढाउने कोसिस गर्दैछौं।सूचना प्रविधिको क्षेत्रका निम्ति एउटा हाइब्रिड मोडेल,सरकारी सेवामा आउने तर सेवा सुविधामा अर्को फरक ढंगले सोच्ने भनेर त्यो पनि वर्कआउट गरिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस्