अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं, ११साउन।अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी५० करोड ९८लाख४ हजार रुपैयाँको ३९प्रतिशत अर्थात १९लाख८८हजार २३६कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको छ। सो आईपीओमा न्यूनतम १०कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २२गते हुनेछ भने ढिलोमा साउन ३२गते हुनेछ।
प्रतिक्रिया दिनुहोस्