भन्सारबाट हुने अवैध कारोबार रोक्न सरकारी निकायको समन्वय आवश्यक छ: अर्थमन्त्री महत
काठमाडौं, ११ साउन।अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन्।आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग,भन्सार विभाग, जनपद प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताए।
प्रतिक्रिया दिनुहोस्