पुस मसान्तसम्म कर तिरे १० प्रतिशत छुट पाइने
काठमाडौं,११साउन।काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन सूचना जारी गरेको छ।हानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ।‘महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर÷बहाल कर÷व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ।सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १०प्रतिशत छुट हुने महानगरपालिकाको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्