सर्वोच्चको परमादेशपछि ढल्यो उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार
काठमाडौं, ११ साउन। सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ। मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो। यसका साथै साउन १७ भित्र नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नसर्वोच्चले परमादेश दिएको छ।
प्रतिक्रिया दिनुहोस्