बागमती प्रदेशमा घट्यो सार्वजनिक गाडीको भाडा काठमाडौंं, ११साउन।बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ।जसअनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २.३०प्रतिशत,मालबाहक सवारी साधन(ट्रक)मा३.१ प्रतिशत भाडा घटेको छ।मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको भाडा १४रुपैयाँ १९पैसा घटेको छ।काठमाडौं उपत्यकामा ५किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८रुपैयाँ,१०कलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५किलोमिटरसम्म यात्रा गर्दा २९रुपैयाँ,२० किलोमिटरसम्म यात्रा गर्दा ३२ र२० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्