कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान काठमडौं, १२ साउन।कोशी प्रदेशमा ५ दिनभित्र सरकार गठनका लागि पुनः आह्वान भएको छ।प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि शुक्रबार साउन १६ गते अपराह्न ५ बजेभित्र सकार गठनका लागि आह्वान गरेका हुन्।संविधानको धारा १६८(२)बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा सर्वोच्च अदालतको आदेश बमोजिम आह्वान भएको प्रदेश कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्